News

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजीनामा/बहिर्गमनको माग भईरहेका वेला उनको समर्थनमा कानुन ब्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । 

अधिवक्ता स्वागत नेपाल, नेपाल बार एसोसिएसनको प्रांगणमा कुटाइ खाएका भूमिनन्द चुडाललगायातका वकिलहरु प्रधानन्यायाधीश राणाको समर्थनमा सेतोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका हुन् । इजलास बहिष्कार गर्ने १५ न्यायाधीश र बहस नगर्ने कानुन व्यवसायीहरुका विरुद्ध उनीहरु आन्दोलनमा निस्किएका हुन् ।

इजलास वहिस्कार गर्ने न्यायाधिशको विरोध गरेकै कारण कात्तिक १२ गते चुँडालमाथि अधिवक्ता विराट न्यौपानेले लात्ती हानेका थिए । नेपाल आजले विहिवार नेपाल वार एसोसिएसनकै सभाहलमा आयोजना गरेको ‘सवाल जवाफ’ कार्यक्रममा चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राखेका थिए । सोही विषयमा न्यौपानेले विवाद निकालेर उनलाई शुक्रवार कुटपिट गरेका थिए ।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् । कोरोनाका कारण लामो समय अदालतका कामकारवाहीमा असर परेको र फेरी पनि विरोधका नाममा इजलास वहिस्कार गर्दा वकिलहरुको रोजिरोटीमै समस्या आएको भन्दै चुँडालले इजलास सञ्चालन गर्न माग गरेका थिए ।

उनले त्यसरी वोलेको भोलिपल्ट नै चोलेन्द्रको बिरोधमा हडताल गर्ने न्यायाधीशहरुले नै उचालेर अधिवक्ता चुँडाललाई कुटपिट गरिएको स्रोतको दावी छ। 

यता, प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । बार अध्यक्ष, पदाधिकारीसहितका कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । 
 

चोलेन्द्रशम्शेर जबरा

विशेष