News राजनीति

माओवादी भएर ६ महिना शैनिक हिरासत भोगेका प्रसाई यसरी भए कट्टर एमाले

माओवादी भएर ६ महिना शैनिक हिरासत भोगेका प्रसाई यसरी भए कट्टर एमाले

तत्कालिन भुमिगत नेकपा माओवादीमा लागेको आरोपमा ६ महिना शैनिक हिरासतमा वसेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको राजनीतिमा सकृय भएका छन् ।

झापाको विएण्डसी मेडिकल कलेजका सञ्चालक रहेका चर्चित व्यवसायी प्रसाई नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर सहभागि भएका हुन ।

बेला बेला विवाद र चर्चामा आइरहने प्रसाई विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावरी पुगेका छन् । प्रसाईलाई झापाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ ।

प्रसाईले झापामै पुर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरिरहेका छन् भने उनी मार्सी वियरको ब्राण्डिङमा पनि छन् । प्रसाईले आफू अब एमालेको राजनीतिमा क्रियाशील हुने बताए ।

राजनीति आफ्नो लागि नयाँ नभएको भन्दै मुुलुकको समृद्धिको नेतृत्व एमालेबाट सम्भव देखेर विधान महाधिवेशनको थलोबाट आफू सक्रिय भएको उनको भनाई छ।

५० को दशकसम्म भैसी पालन, स्टिलको दराज कारखानालगायतका सामान्य ब्यवसाय गर्दै आएका प्रसाई ०५६ मा अचानक भुमिगत माओवादीको सम्पर्कमा पुगे । ०५७÷०५८ सालदेखि माओवादीमा उनको निकै राम्रो सम्वन्ध स्थापित भयो ।

यसै क्रममा ०६० साल माघ १० गते उनलाई सेनाले पक्राउ गर्यो । २२ दिनसम्म शैनिक हिरासतमा थिल्थिलो हुन्जेल कुटाई खाएका उनले ६ महिना हिरासतमा विताए । त्यस वेला शैनिक हिरासतमा परेको मान्छे या त अव माओवादीमा लाग्दिन भनेर कागज गरेर वाहिर आउँथे या त ठुलै दवावले मात्रै छुट्ने गरेको सर्वविदित छ । तर, प्रसाई तत्कालिन सेनाका कर्णेल ध्रुवकुमार साहसँग सेटिङ्ग मिलाएर वाहिर आए । तर उनी सेटिङ्गको कुरालाई अस्विकार गर्छन । ‘सन्जोग पनि हो, कर्म पनि लिएर आएको थिए’ उनी भन्छन–‘त्यसले गर्दा त्यतिखेर म छुटेँ।’

त्यसपछि उनी एकाएक मेडिकल ब्यवसायमा उदाय । झापामा विएण्डसी टिचिङ्ग हस्पिटल सञ्चालन गर्ने कुरा देखि नै उनको चर्चा चुलियो । किनकी प्रसाईकै भनाईमा पनि रातारात खरवौंको लगानी गरेर हस्पिटल सञ्चालन गर्ने उनको हैसियत थिएन । 

विर्तामोड चौकमा ५ विगाह, र अस्पताल सञ्चालन भएको ठाउँमा १६ विगाह गरी कुल २१ विगाह जग्गाको मालिक रहेका उनले एकाएक खरवौंको अस्पताल सञ्चालनको कुरा आस्चर्यकै विषय थियो । तर, उनले अस्पताल सञ्चालन गरेर देखाए । सामान्य ब्यक्तिको एकाएक वढेको आर्थिक हैसियतका कारण कपितयले उनलाई हेराफेरी गरेको आरोप समेत लगाउने गरेका छन् । चिन्ने जान्नेले उनलाई ब्यवसायी भन्दा पनि मेडिकल माफिया वताउँने गरेका छन् ।

यहि प्रकरणपछि उनलाई प्रचण्डको सम्पत्तिमा रजगज गरेको आरोप लाग्ने गरेको छ। उनको ब्यवसाय सवै प्रचण्डको लगानीमा सञ्चालन भएको र त्यसको ब्यवस्थापन मात्रै दुर्गा प्रसाईले गरिरहेको चर्चा उतिवेला देखि नै सुरु भएको हो। यी आरोपमा अहिलेसम्म प्रचण्डले मुख खोलेका छैनन् ।

तर, प्रसाई भने ति आरोपहरु निराधार भएको वताउँछन् । त्यसपछि निरन्तर ब्यवसायमा चर्चामा रहेका प्रसाई नेकपा एकीकरणपछि फेरी राजनीतिमा नजिक भए । उनी केपी शर्मा ओली र प्रचण्डबीचको मध्यस्थकर्तासमेत बन्न खोजेका थिए । तर प्रचण्डले जसरी पनि आफ्नो पार्टीको सरकार ढाल्ने खेलमा लागेको भन्दै केपीले वोल्न थालेपछि प्रसाई ओलीको पक्षमा उभिएका थिए ।

बेला बेला विवाद र चर्चामा आइरहने प्रसाईले माओवादी कोटाबाट चिकित्सा शिक्षा आयोगको अध्यक्ष बनेका डा. श्रीकृष्ण गिरीले बिएण्डसी कलेजलाई सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको बताएपछि माओवादीबाट टाढिएका थिए । त्यसपछि ओलीसँगै नजिक भएका प्रसाई एकाएक अधिवेशनमा प्रतिनिधि वनेर सहभागि भएका हुन ।

यो पनि
सरकारलाई दुर्गा प्रसाईको चुनौती– सामर्थ्य भए मेरो अस्पताल वन्द गरेर देखाउ

दुर्गा प्रसाईको दावी– ओलीले भनेका मात्रै हुन, एमसीसी पास गर्ने नियत थिएन

ओली र प्रचण्डलाई दुर्गा प्रसाईको चुनौती– झापामा मसँग चुनाव लड्न आउनोस् !

दुर्गा प्रसाईको घुर्की– कलेजलाई सम्वन्धन नदिए सरकारलाई वुझाउँछु

माओवादीमा लाग्नासाथ दुर्गा प्रसाईलाई कहाँवाट प्राप्त भयो अरवौंको सम्पत्ति ?

 

दुर्गा प्रसाई

विशेष