News

चीनसँगको सीमामा समस्या छ भन्दै प्रतिवेदन दिएका आचार्य कास्कीको सिडिओ

चीनसँगको सीमामा समस्या छ भन्दै प्रतिवेदन दिएका आचार्य कास्कीको सिडिओ

चीनसँगको सीमा विवाद समाधान गर्न गठित अध्ययन समितिको संयोजकसमेत रहेका सहसचिव जयनारायण आचार्यलाई सरकारले कास्किको सिडिओ वनाएको छ।

गृह मन्त्रालयले ११ जिल्लाका सिडिओ सरुवा गर्ने क्रममा आचार्यलाई कास्किको सिडिओको जिम्मेवारी दिएको हो । सिडिओ सरुवाको सुचि भने सार्वजनिक गरिएको छैन। आचार्य केही दिनदेखि मन्त्रालयमा फाजिलमा थिए । सप्तरीमा सिडिओ रहेकै वेला आचार्यलाई सरकारले सिमा अध्ययन समितिको संयोजक वनाएको थियो ।

हुम्लाको लिमी क्षेत्रमा चीनले नेपाली भुमी मिचेर भवन वनाएको विषयलाई केन्द्रित गरेर सरकारको १६ भदौको वैठकले अध्ययन समिति वनाएको थियो । आचार्य नेतृत्वको समितिले चीनसँगको सीमावर्ती हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या समस्या देखिएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई वुझाई सकेको छ।

गृहमन्त्री वालकृष्ण खाँडेको वुझेको उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार आचार्यलाई कास्कीको सिडिओ वनाएर त्यहाँका सिडिओ थानेश्वर गौतमलाई सात महिना पनि नपुग्दै त्यहाँबाट सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ वनाईएको छ। मन्त्रालयमा फाजिलमा रहेका सहसचिव डा. भिष्मकुमार भुसाललाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।

यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको सिडिओमा पठाइएको छ । महोत्तरीको सिडिओमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।


मन्त्रालयमा अझै ५ जना सहसचिव फाजिलमा छन् । जसमा मन्त्रालयमा सरुवा भएर आएका सहसचिव कोषहरी निरौला, ढुन्डीराज निरौला, विपीन आचार्य, रमेश ढकाल र पुष्पराज शाही रहेका छन् । सूची सार्वजनिक हुने बेलासम्म उनीहरुलाई पनि कुनै न कुनै निकायमा व्यवस्थापन गरिने अनुमान गरिएको छ । 

अध्ययन समितिको संयोजक ११ जिल्लाका सिडिओ सरुवा जयनारायण आचार्य

विशेष