News राजनीति

राजकुमार लेखीसहित ५५ जना एमालेमा प्रवेश 

राजकुमार लेखीसहित ५५ जना एमालेमा प्रवेश 

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। 

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराए।

लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए। त्यसपछि उनी मधेशवादी विभिन्न दलहरुमा आवद्ध भएका थिए।

उनले विहिवार मात्रै नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

लेखीसँगै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका हुन्। 
 

राजकुमार लेखी

विशेष