News विदेश

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यान ड्रग्स पार्टीवाट पक्राउ

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यान ड्रग्स पार्टीवाट पक्राउ

वलिउड स्टार शाहरुख खानका छोरा आर्यान खानलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार पक्राउ गरेको छ। ब्युरोले मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेर आर्यानसहित ८ जनालाई हिरासतमा लिएको हो ।

पक्राउ पर्नेमा महिलाहरु पनि छन् । तर, उक्त पार्टीमा कति महिला थिए भन्ने खुलाइएको छैन । ब्युरोका अधिकारीहरुले यात्रु बनेर क्रुज सिपमा छापा मारेको बताइएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो ।

एनसीबीले क्रुज भित्र पार्टी चलिरहेको एक भिडियो फेला पारेको छ, जसमा आर्यन देखिएको छ। सोधपुछको क्रममा आर्यनले आफू उक्त पार्टीमा अतिथिको रूपमा गएको बताएका छन् ।

र उनले पार्टीमा सामेल हुन कुनै पैसा नतिरेको बताए । आयोजकले पार्टीमा आमन्त्रित गर्न आफ्नो नामको प्रयोग गरेको आर्यनको दावी छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाईल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ। 

विशेष