News

प्रधानन्यायाधिशले भाग खोजेको विषयमा कांग्रेस र सर्वोच्चको ‘वार’

प्रधानन्यायाधिशले भाग खोजेको विषयमा कांग्रेस र सर्वोच्चको ‘वार’

कांग्रेस सभापपति शेरवहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको ८० दिन वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भईरहेका वेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि मन्त्रालयमा भाग खोजेको विषय चर्चामा आयो । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संवैधानिक परिषदको सदस्यका रुपमा राम्रै भाग पाएका जवराले देउवालाई पनि मन्त्रालयमा भाग पाउनु पर्ने शर्त राखेपछि त्यो कुरा वाहिर चुहियो । 

प्रधानन्यायाधीशको चासो कसरी सम्बोधन गर्ने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच चरणबद्ध गम्भीर छलफल भएको कुरा चुहिएपछि जबरा विवादमा तानिए। खासमा ओली नेतृत्वको सरकार अपधस्त गर्ने सर्तमा प्रधानन्यायाधीशका दुई जनालाई मन्त्री बनाउन देउवाले पहिला नै वचन दिएको पाइएको छ।

स्रोतका अनुसार प्रधानन्यायाधीशका सम्धी तिलक रावललाई मन्त्री बनाउने विषयमा छलफल भएको थियो । तर, पोलिमोर नोट छपाइमा भ्रष्टाचार अभियोगमा सर्वोच्चमै मुद्दा विचाराधीन रहेकाले रावलको नाम अघि बढेन । त्यसपछि न्यायालय परिसरमा बिचौलियाका रूपमा परिचित दीपक तिमिल्सिनालाई मन्त्री बनाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । तर सँगसँगै प्रधानन्यायाधीशका अर्का आफन्त (जेठान)गजेन्द्र हमालको नाम पनि प्रस्ताव भएको छ । देउवा नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन हुँदा हमाल पार्टीको बाँके जिल्ला सभापति भएका थिए । उनी अहिले सक्रिय राजनीतिमा छैनन्।

ठिक यसैवेला कांग्रेसका मन्त्री र नेताहरुले त्यो कुरा चुहाई दिएपछि अहिले गञ्जागोलको अवस्था उत्पन्न भएको छ। प्रधानन्यायाधिस आफुमाथि लागेको आरोप गलत भएको वताईरहेका छन् भने कांग्रेसका नेताहरु जबराले भाग खोजेकै हो भन्दै दावी गरिरहेका छन् ।

यसै प्रसंगमा सोमवार सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य अवस्था हो ।’

विज्ञप्तिमा समाचार माध्यमलाई झुठो प्रमाणित गर्न खोजिएको छ भने न्यायपालिकासँग सम्बन्धित समाचार आधिकारिकता पुष्टि हुनेगरी सत्यतथ्य बुझेर मात्र प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

तर, सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले भने प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारमा ‘भाग’ खोजेको दावी गरिरहेका छन् । प्रधानन्यायाधीश राणाले समेत भाग खोजेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको एक कांग्रेसी नेता वताए । 

‘प्रधानन्यायाधीश ज्यूले मन्त्रिपरिषद्मा भाग खोजेको कुरा सत्य नै हो। उहाँले आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्छ भन्नुभएको छ’ ति नेता भन्छन्–‘तर त्यसमा गठबन्धनले कुनै सहमति जनाएको छैन। प्रधानन्यायाधीशले माग्दैमा दिनुपर्छ भन्ने पनि त छैन नि।’

प्रधानन्यायाधीश राणाले आफ्नो तर्फबाट मन्त्री बनाइनुपर्ने भन्दै दीपक तिमिल्सिना र गजेन्द्र हमालको नाम दिएका थिए।
यो पनि

प्रधानन्यायाधिशका जेठान गजेन्द्र हमाललाई मन्त्री वनाउने देउवाको तयारी

चोलेन्द्रशमशेर जबरा गजेन्द्र हमाल

विशेष