News

पूर्वयुवराज पारस शाहको लेकसाईडस्थित घरमा चोरी

पूर्वयुवराज पारस शाहको लेकसाईडस्थित घरमा चोरी

पूर्वयुवराज पारस शाहको निवासमा चोरी भएको छ। पोखराको लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरमा चोरि भएको हो ।

पारसको घरमा चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

गौतमले शाहको निवासबाट क्यामरा २ थान, आइप्याड २ थान, दुरविन र नोकिया सेट चोरी गरेको पाईएको छ। उनी पोखराबाट सामान चोरेर काठमाडौं पुगेका थिए । चोरेको सामान गौतमले पारशलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । 

पारस शाह

विशेष