News विदेश राजनीति

राष्ट्रसंघमा तालिबानको समर्थन गरेको भन्दै विपक्षीद्वारा पाकिस्तानी प्रधानमन्त्रीको आलोचना 

राष्ट्रसंघमा तालिबानको समर्थन गरेको भन्दै विपक्षीद्वारा पाकिस्तानी प्रधानमन्त्रीको आलोचना 

इस्लामाबाद। पाकिस्तानको विपक्षी दलले प्रधानमन्त्री इमरान खानलाई संयुक्त राष्ट्र महासभा (यूएनजीए) मा आफ्नो भाषणमा पख्तुनहरुको सरकार तालिबानको समर्थन गरेको भन्दै आलोचना गरेका छन्। 

अवामी नेशनल पार्टीका केन्द्रीय महासचिव मियाँ इफ्तिखार हुसेनले प्रधानमन्त्री खानको आलोचना गरेका हुन्। तालिबानले गठन गरेको नयाँ सरकारका अधिकांश मन्त्रीहरु पस्तुन समुदायका रहेका छन्। तालिबानले समावेशी सरकार नबनाएको भन्दँै आलोचना भइरहेको सममा प्रधानमन्त्री खानले भने प्रशंसा गरेका हुन्। 

प्रधानमनत्ती खानले समावेशी र एकल जातीय सरकारको प्रशंसा गरेको भन्दै पाकिस्तानमा आलोचना भइरहेको छ। पाकिस्तानी विपक्षी नेता हुसेनले आफू पनि पस्तुन भएको तर, पस्तुन र आतंकवादीको कुनै सम्बन्ध नभएको उल्लेख गर्दै आतंकवादी तालिबानप्रति कहिल्यै सहानुभूति नराख्नेसमेत बताएका छन्।   

पाकिस्तानी पस्तुनहरुलाई तालिबानीसँग जोड्नु उनीहरुको इतिहास बिगार्नु भएको बताएका छन्। हुसेनले ८० हजार मानिसहरुको आतंकवादविरुद्ध युद्धमा ज्यान गएको बताएका छन्। मृत्यु हुनेहरुमा १४४ विद्यार्थी रहेको समेत बताइएको छ। 

इमरान खानले संयुक्त राष्ट्र संघको ७६औं महासभालाई आफ्नो भर्चुअल सम्बोधनका क्रममा अफगानिस्तान र पाकिस्तान सीमासंगै अर्धस्वायत्त जनजाति क्षेत्रमा बस्ने पश्तुनहरुलाई तालिबान प्रति सधैं आत्मीयता र सहानुभूति रहनेसमेत बताएका छन्। 

विशेष