News

वुद्ध एयरको आन्तरिक छानविन प्रतिवेदन प्राधिकरणलाई वुझाईयो

वुद्ध एयरको आन्तरिक छानविन प्रतिवेदन प्राधिकरणलाई वुझाईयो

११ असोजमा काठमाडौंबाट विराटनगर उडेको जहाजमा देखिएको समस्याबारेको आन्तरिक जाँचबुझ रिपोर्ट बुद्ध एयरले आज नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ।

उक्त प्रतिवेदन प्राधिकरणको तर्फबाट गठित छानबिन समितिलाई बुझाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले वताए ।

वुद्ध एयरको प्रतिवेदन जस्ताको जस्ताको तस्तै प्राधिकरणको तर्फबाट गठित छानबिन समितिलाई बुझाउने भनेर गरिएको निर्णय अनुसार गरिएको उनले वताए । ‘हाम्रो छानबिन समितिले नै उक्त प्रतिवेदन खोलेर हेर्नेछन्, आफ्नो तर्फबाट पनि हाम्रो छानबिन समितिले गरेको छानबिनअनुसार प्रतिवेदन बुझाएपछि मात्र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउनेछौँ’– उनले भने। 

प्राधिकरणको तर्फबाट क्याप्टेन डी.आर. लामाको संयोजकत्वमा इन्जिनियर रितेशराज पाण्डेसहित चार सदस्यीय छानबिन समिति बनेको छ । उक्त समितिले छानबिन सकेर बुझाउने प्रतिवेदनमा भएको सिफारिसअनुसार प्राधिकरणले कारवाही प्रक्रिया अगाडि बढाइने क्षेत्रीले बताए । 

११ असोजमा काठमाडौंबाट विराटनगर उडेको जहाजको ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि विराटनगरमा अवतरण गर्न नसकेर सो जहाज (९ एन–एनआई) काठमाडौं फर्किएको थियो । 

त्रिभुवन विमानस्थलमा उक्त जहाज सुरक्षित अवतरण गरेको थियो । चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल थिए । 
 

बुद्ध एयर

विशेष