ओलीलाई मदन भण्डारी वनाउन खोजिएको भन्दै प्रचण्डको चिन्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा केपी शर्मा ओलीलाई मदन भण्डारी वनाउन खोजिएको भन्दै चिन्ता ब्यक्त गरेका छन्
नेकपा एमालेमा अहिले विचार नभएको दावी गरेका उनले मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप लगाए । ‘एमालेमा अहिले विचार छैन्, सूर्य चिन्ह छ, जबज छ,’ प्रचण्डले भने, ‘मदन भण्डारी छन् । अहिले मदनभण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजेका छन् ।’
सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुने बताए। उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। ‘ओलीको विचार के कति कारणले मार्क्सवादविरोधी छ भन्ने कुरा हामीले प्रष्ट पारेर तलसम्म जानुपर्ने छ,’ उनको आग्रह छ, ‘माओवादीले लिएको विचार सही छ भन्ने कुरा तथ्य तथ्यांकसहित, विचार, अन्तरक्रियासहित स्थापित गर्नुप¥यो ।’
एमालेभित्र विचारशील भनेर चिनिएका ‘१० भाइ’ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए ।