News अपराध सुरक्षा

आमा माइत गएको मौका पारेर छोराले गरे बाबुको हत्या

आमा माइत गएको मौका पारेर छोराले गरे बाबुको हत्या

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका ६४ वर्षीय धनलाल विकको उनकै ४५ वर्षिय छोरा राजकुमार विकले हत्या गरेका छन् । घरायसी झगडाको क्रममा गए राति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबु छोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन् । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरे जस्तो देखिएको डिएसपी बुढाथोकीले बताए । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 
 

विशेष