News

प्रचण्डलाई रावलको जवाफ– गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लाग्नेको आत्मसम्मान हुन्छ?

प्रचण्डलाई रावलको जवाफ– गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लाग्नेको आत्मसम्मान हुन्छ?

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले जनयुद्धवाट सत्ता हत्याउँछु भन्ने प्रचण्ड गिरिजादेखि देउवासम्मको पछि लागेर आत्मसम्मान गुमाएको भन्दै ब्यंग्य गरेका छन् । एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको भन्दै प्रचण्डले लगाएको आरोपको जवाफमा उनले यस्तो वताएका हुन ।

एमाले फुटाउन आफुहरु नलागेपछि प्रचण्डको रोईलो सुरु भएको वताएका रावलले आफनो पार्टीमै रहँदा आत्मसमर्पण हुने तर जनयुद्धवाट सत्ता हत्याउँछु भन्नेले गिरिजादेखि देउवाम्म कांग्रेसको पछि लागि पद हत्याउँदा आत्मसम्मान हुने ? भन्दै प्रश्न गरेका छन् ।

रावलले ट्वीटरमा लेखेका छन्–‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’ भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ। एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने?’

प्रचण्डले माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको समेत वताउँदै आएका छन् । एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको उनले वताउने गरेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि प्रचण्डले हिजो ओलीलाई कारवाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको बताएका थिए । उनले भनेका थिए–‘अस्तिसम्म त उहाँहरूले मलाई केपी षड्यन्त्रकारी नै हो हो, तानाशाह नै हो भन्थे । ती दश भाइ छन् नि दश भाइ । हिजो केपीलाई पार्टीबाटै हटाउँदा ती दश भाइ नै थिए नि सही गर्ने । माइन्यूट अझै छ’, प्रचण्डले भने ।
 

भिम रावल पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष