News Technology

सोमवार ६ घण्टासम्म यस कारण वन्द भयो फेसबुक

सोमवार ६ घण्टासम्म यस कारण वन्द भयो फेसबुक

सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टासम्म नचलेपछि ३ अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए । सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने प्रयोगकर्ता सेवावाट वन्चित भएका हुन ।

फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताईएको छ ।

यसैगरी, डोमेन नेम सिस्टम (डीएनएस)मा पनि केही समस्या देखिएको जनाईएको छ। फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गले भने फेसबुक ह्याक नभएको र आन्तरिक समस्याको कारण सेवामा अवरोध देखिएको बताएका थिए ।

सन् २०१९ मा पनि २४ घण्टाभन्दा लामो समय फेसबुकको सेवा बन्द भएको थियो । त्यतिबेला पनि फेसबुकले यो समस्या कन्फिगुरेसन परिवर्तनको कारण नै भएको बताएको थियो ।

फेसबुकको सेवा पुनः सुरु भएसँगै सीईओ जुकरवर्गले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको सेवा बन्द भएकोमा क्षमायाचना गरेका छन् । 
 

विशेष