News विदेश

तालिबानले दमन गर्ने भयले संगीतका विद्यार्थी र शिक्षकले छाडे अफगानिस्तान

तालिबानले दमन गर्ने भयले संगीतका विद्यार्थी र शिक्षकले छाडे अफगानिस्तान

तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् ।

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमवार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत(संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् । 

अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरूमध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानो–सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पु¥याइएको थियो । 

तालिबानी लडाकूहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए।   तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए । – रासस–एएफपी
 

विशेष