News अर्थ अपराध सुरक्षा

सिभिलका अध्यक्षसहित एक दर्जन पक्राउ, यस्तो छ गम्भिर आरोप

सिभिलका अध्यक्षसहित एक दर्जन पक्राउ, यस्तो छ गम्भिर आरोप

सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराम तामाङसहित, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र अन्य १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

७५ जनाभन्दा बढीले सिभिल सहकारीबाट ठगिएको उजुरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उजुरीकर्ताको प्रतिब्यक्ति १ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म ठगी भएको पाईएको छ । 

लगानी गरेको ऋण उठाउन नसकेपछि सहकारीले सर्वसाधारणको निक्षेप फिर्ता दिन सकेको थिएन । तिनै निक्षपकर्ताहरुले लामो समयदेखि राज्यका विभिन्न निकायमा उजुरी गर्दै आएका थिए । सहकारीको सवैभन्दा धेरै ऋण इच्छाराम लगायतले नै लिएको र उनीहरुले तिर्न नसक्दा सहकारी टाट पल्टिने अवस्थामा पुगेको थियो ।

घरजग्गा कारोबारका कारण सिभिल समूहका अध्यक्ष तामाङसहितको टिम वित्तीय संकटमा फसेको थियो। धेरै उजुरी र राज्यका निकायलाई धेरै दबाब दिँदा पनि उनले गरेका गलत कामको विषयमा चर्चा हुन थालेपछि पछिल्ला वर्षहरूमा उनले सम्पत्ति बेचेरै पनि समस्या समाधान गर्ने प्रयास गरिरहेका थिए ।

उनी पछिल्लो एक दशकदेखि नै वित्तीय रूपमा संकटमा पर्दै आएका छन् । वित्तीय रूपमा निकै समस्या खेपेपछि उनले २०७५ जेठमा मुख्य सम्पत्तिको रूपमा रहेको सुन्धारास्थित सिभिल अपार्टमेन्ट व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरेका थिए । 

वित्तीय संकटकै कारण सिभिल अपार्टमेन्ट होटलमा रुपान्तरण गरी करिब डेढ अर्ब रुपैयाँमा मात्रै बिक्री गर्ने सहमति रातारात भएको थियो  । त्यसै समयमा श्रीमती सिर्जना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर पनि बिक्री गरेका थिए ।
 

सिभिल ग्रुप इच्छाराम तामाङ केशवलाल श्रेष्ठ

विशेष