News राजनीति

मन्त्रालयको भागवण्डा टुङ्गियो, आजै मन्त्रिपरिषद विस्तार

मन्त्रालयको भागवण्डा टुङ्गियो, आजै मन्त्रिपरिषद विस्तार

सत्ता गठवन्धनका नेताहरुले मन्त्रालयको भागवण्डा मिलाएका छन् । योसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ ।

गठवन्धनका नेताहरुका विचमा सहमति भएपछि सरकार बनेको करिब तीन महिनापश्चात् देउवा नेतृत्वको सरकाले पूर्णता पाउने भएको हो ।

सबै विषयमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मंगलवार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिमन्डलको भागबन्डा टुंगोमा पु¥याएको हो । कसले कति र कुन–कुन मन्त्रालय पाउँदै छन् भन्ने विषय भने खुलेको छैन । 
 

सत्ता गठवन्धन मन्त्रालयको भागवण्डा

विशेष