News अपराध सुरक्षा

एकल महिलालाई १० वर्षदेखि वन्धक वनाएर करणी गर्ने वकिल पक्राउ

एकल महिलालाई १० वर्षदेखि वन्धक वनाएर करणी गर्ने वकिल पक्राउ

चार सन्तानकी आमा एवम् एकल महिलालाई १० वर्षदेखि वन्धक वनाएर यौन शोषण गरेको आरोपमा उदयपुर प्रहरीले एक वकिल (अधिवक्ता) लाई पक्राउ गरेको छ ।

उदयपुर बार एशोसियनका सदस्यसमेत रहेका सुमन उर्फ किरण केसीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उदयपुरकै चौदन्डीगढी नगरपालिका ८ स्थायी घर भएकी ४० वर्षिया पीडित महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीका आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

बेलका नगरपालिका ७ रामपुर ठोक्सिलाका स्थायी वासिन्दा केसी विरुद्ध प्रहरीले जवर्जस्ती करणीको मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको छ । जाहेरीमा महिलाले मुलुकी अपराध संहिता २०७४ को फौजदारी कसूरअनुसारको अपराधमा सजाय माग दावी गरेकी छन् ।

पीडित एकल महिलाले जाहेरीमा दश वर्षदेखि बन्धक बनाई जवर्जस्ती करणी गरेको उल्लेख छ । आरोपित वकिल केसीले शुरुमा श्रीमती बनाउने प्रलोभन दिएर त्रियुगा नगरपालिका–१२, तल्लो गाईघाटमा घरभाडा लिएर राखेका थिए । पीडित महिलाका अनुसार पछिल्लो पटक १३ गते वकिल केसीले जवर्जस्ती करणी गरेका थिए ।

श्रीमानको निधन भएपछि घर गुजाराका लागि वैदेशिक रोजगारीमा गएकी ति महिलाले कमाएको तीन लाख ५० हजार रुपैयाँसमेत कसीले खर्च गरेर सकेको वताएकी छिन् ।
 

एकल महिला वन्धक वनाएर यौन शोषण वकिल पक्राउ

विशेष