News अपराध सुरक्षा

३३ किलो सुन तस्करी प्रकरणमा गोरे र एसएसपी लोहनीसहित सवैलाई सफाई

३३ किलो सुन तस्करी प्रकरणमा गोरे र एसएसपी लोहनीसहित सवैलाई सफाई

बहुचर्चित ३३ किलो सुनकाण्डका मुख्यअभियुक्त चुणमणी उप्रती (गोरे) तथा मिलेमतोको आशंका गरी प्रहरीको विभागीय कारवाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी र श्याम खत्रीसहित सवैले सफाई पाएका छन् ।

उच्च अदालत विराटनगरले मंगलवार उनीहरुलाई सफाई दिएको हो । सनम शाक्यको ज्यान मुद्धामा जोडिएका बाहेक अन्यले सफाई पाएको अदालत प्रशासनले जनाएको छ।

सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका गोरेसहित २२ जनाविरुद्ध उच्च अदालतमा मुद्दा चलाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील स्थानबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर सुरक्षा कमजोरी भएको भन्दै खत्रीलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारवाही गरेको थियो । सुन तस्करी हुँदा खत्री विमानस्थलको सुरक्षामा थिए ।

२०७४ सालको फागुन ९ गते दुबईबाट तस्करी भएकोसहित साढे ३३ किलो सुन विमानस्थलबाटै गायब भएको भनी गृहमन्त्री रामबहादुर थापा बादलले छानवीन आयोग बनाएका थिए ।

घटनामा भरियाको भूमिकामा रहेको भनिएका सनम शाक्यको हत्या भएको थियो । उक्त हत्यामा पनि सुनकाण्डका नाइके गोरेको संलग्नता थियो । 
 

३३ किलो सुनकाण्ड एसपी दिवेश लोहनी चुणामणी उप्रती (गोरे)

विशेष