News

सिके राउतको पार्टीले घेर्यो अख्तियारको कार्यालय

सिके राउतको पार्टीले घेर्यो अख्तियारको कार्यालय

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतको साईकल अनियमितता प्रकरणमा अनुसन्धानको माग गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले वुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ।

अख्तियारको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीपश्चात् फाइल नियन्त्रणमा लिएपछि अनुसन्धान गर्न दबाब दिँदै जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेको हो।

बर्दिवास स्थित अख्तियारको कार्यालयमा पुगेका नेता÷कार्यकर्ताले ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘मधेसी जनता के भन्छ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायत नारा लगाएका छन् । 

जसपाले अख्तियारको विरोधमा प्रदर्शन गरेपछि त्यसको काउन्टर दिँन जनमत पार्टीले आन्दोलन थालेको हो। यसअघि जनमत पार्टीका कार्यकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए।

यसैगरी लोसपाका नेता जितेन्द्र सोनलले वुधवारको संसद वैठकमै राउतका राजिनामा माग गरे। उनको पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गर्ने निर्णय नै गरेको छ।

यस्तै राष्ट्रिय एकता अभियानले राउत विरुद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ। राउत सहभागी कार्यक्रमहरुमा कालो झण्डा देखाएर विरोध गर्ने, विभिन्न संचार माध्यमहरुबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा सामाजिक संजालमा शालिन विरोध गर्ने तथा भ्रष्टाचारका प्रकरणसहित प्रदेश २ मा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध ¥याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने कार्यक्रम सार्वजनिक गरिएको अभियानका अध्यक्ष विनय यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

लालवावु राउत जनमत पार्टी

विशेष