News

माओवादी नेता पुनको जण्डिस लेभल घटेपनि वान्ता रोकिएन

माओवादी नेता पुनको जण्डिस लेभल घटेपनि वान्ता रोकिएन

वैंककमा उपचार गराईरहेका जन्मजात जण्डिसका विरामी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को जण्डिस लेभल घटेपनि वान्ता अझै रोकिएको छैन।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि उनलाई उपचारका लागि वैंकक लगिएको थियो ।

पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ । अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको जनाईएको छ। 

यद्यपि बान्ता भने नरोकिएको अस्पताललाई उध्रित गर्दै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले वताईन। खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ ।

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । 
 

वर्षमान पुन

विशेष