News अर्थ अपराध सुरक्षा

भन्सार छलेर ‘मेघा श्री’ गुट्खा भारत तस्करी, प्रहरी/प्रशासनको भुमिका पनि शंकास्पद

भन्सार छलेर ‘मेघा श्री’ गुट्खा भारत तस्करी, प्रहरी/प्रशासनको भुमिका पनि शंकास्पद

सामान्यतया खैनी, चुरोट, विँडी, पराग, गुट्खा, रजनिगन्धालगायतका सुर्तिजन्य पदार्थ भारतवाट नेपाल तस्करी हुने गरेको छ। तर, कैलालीको लम्की चुहामा रहेको देउती गुट्खा इन्डस्ट्रीजले उत्पादन गर्ने ‘मेघा श्री’ नामको गुट्खा भने भारत तस्करी हुने गरेको छ।

मापदण्ड विपरित र गुणस्तरहिन गुट्खा उत्पादन गर्ने गरेका कारण अनाधिकृत रुपमा गुट्खा भारत निकासी हुने गरेको पाईएको छ। कम्पनीले नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई मिलाएर भन्सार शुल्क समेत नतिरी गुट्खा भारतीय वजारमा पुर्याउने गरेको छ। 

भन्सारका सिमित कर्मचारी र प्रहरीका अधिकृतलाई सामान्य प्रलोभनमा पारेर सहजै भारत पुग्ने गरेको मेघा श्रीले सरकारको कर छलि गरिरहेको वताईन्छ। कम्पनीले भारतीय प्रहरी र नियमनकारी निकायका केही अधिकारीलाई समेत आर्थिक प्रलोभनमा पारेर ब्यापार विस्तार गरिरहेको श्रोतको दावी छ। गिनेचुनेका केही ब्यक्तिको खल्ती भरिने भएपछि त्यसैको आडमा देउती गुट्दा इण्डस्ट्रिजले गैरकानुनी धन्दा संचालन गरिरहेको आरोप लाग्ने गरेको छ।

भारतीय अधिकारीहरु समेत थोरै पैसाका कारण प्रभावमा परेकैले मापदण्ड विपरित र गुणस्तरहिन गुट्खा भारतमा विक्रि वितरणमा कुनै अवरोध नभएको जनाईन्छ।

केही समय अघि मापदण्ड विपरीत बजारमा विक्रि वितरण गरिएको भन्दै देउतीको मेघा श्री गुट्खा जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको थियो । धनगढीको भण्डारी ब्रदर्श एण्ड सप्लायर्स, बालाजी सप्लायर्स र रिचा किराना पसल गरि झण्डै ६ सय ८९ बोरा गुट्खा बरामद भएको थियो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले मेघा श्री गुट्खा विरुद्ध उजुरी परेपछि अनुगमन गर्दा मापदण्ड विपरित र गुणस्तरहिन फेला परेको वताएका थिए ।

मेघा श्रीले मापडण्ड अनुसार जनचेतनामुलक सन्देश र चित्रसमेत उल्लेख नगरेको पाईएपछि उद्योगमा समेत अनुगमनको तयारी गरिएको थियो । तर, अहिलेसम्म उद्योगमा भने अनुगमन भएको छैन ।

यतिमात्रै होईन, देउतीले लकडाउनको समयमा पनि गुट्खाको कालोवजारी गरेको थियो । लकडाउनका बेला खाद्यान्न ढुवानीको नाममा विक्रिवितरणका लागि ढुवानी गरिरहेको तीन ट्रक गुटखा भुरीगाउँ र बासगढीमा समातिएको थियो।

भे १ क ५११ नम्बरको ट्रक देउती गुट्खा ईण्डस्ट्रिज लम्कीबाट चित्रालेखी सप्लायर्स बासगढीको नाममा आएको थियो । जाँच गर्दा ४१ हजार १ सय २५ पोका करिब २७ हजार ५ सय किलोको मेघाश्री गुटखा फेला परेको थियो। 

यसैगरी से १ क ८०० नम्बरको ट्रकमा १६ हजार ८७ किलो १ हजार २ सय ५० पोका भुरीगाउँबाट बरामद गरिएको थियो । माँ बागेश्वरी ट्रेडर्स नेपालगन्जका नाममा आएको भे १ क ६३१ नम्बरको ट्रकमा ४ हजार ८ सय ७५ किलोको ३२ हजार ५ सय प्याकेट गुट्खा बरामद गरिएको थियो ।

लकडाउनमा अखाद्य वस्तु ओसारपसारसम्बन्धी कानुनअनुसार कारबाही गरिने वताए पनि देउतीमाथिग कुनै कारवाही नभएको जानकारहरु वताउँछन् । त्यसको साताअघि मात्रै ना ५ ख ७५७८ नम्बरको ट्रकमा १ सय ६० बोरा गुट्खा प्रहरीले पक्राउ गरेको थियो । स्थानीय प्रशासनले भने ५ सय रुपैयाँ जरिवाना लिई ट्रकसहित गुट्खा छाडेको थियो । 

भारत तस्करी सुर्तिजन्य पदार्थ कैलालीको लम्की चुहा देउती गुट्खा इन्डस्ट्रीज मेघा श्री

विशेष