News समाज देश

यौन दुर्ब्यवहारको आरोप लागेका स्वामी आनन्द अरुणले भेटे देउवालाई

यौन दुर्ब्यवहारको आरोप लागेका स्वामी आनन्द अरुणले भेटे देउवालाई

यौन दुर्ब्यवहारको आरोप लागेका ओशो तपोवनका संयोजक एवम् संरक्षक अरुणकुमार सिंह (स्वामी आनन्द अरूण) ले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

कुन प्रसंगमा अरुण र देउवाको विचमा भेटघाट भयो भन्ने विषयमा विस्तृत जानकारी खुलेको छैन। तर, मंगलवार (०७८ असोज १९) वोधिसत्व स्वामी आनन्द अरुणको फेसवुक पेजमा दुवै जनाको भेटघाट भएको स्ट्याटस र फोटो शेयर भएको छ।

फेसवकुमा लेखिएको छ–‘माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवासँग तपोबनमा। देउवाजी ओशोको एक उत्सुक पाठक हो र स्वामीजी वहाँलाई ओशो बुद्ध र उनको दर्शनका वारेमा वोलेका ओशोका केही पुस्तक दिदै।’

 

आनन्द अरुणलाई केही समय अगाडि आश्रममा यौन शोषणदेखि चाकरी गराएको आरोप लागेको थियो । 
 
युकेमा शिविर चलाउँदा एक सन्यासीकी छोरीको कोठामा पसेर गलत कृयाकलाप गरेपछि आनन्द अरुण रातारात त्यहाँबाट भागेर जर्मनीको क्याम्प स्थगित गरेर ऋषिकेशमा आएर १० दिन लुकेको हल्ला समेत चलेको थियो।

उनले आश्रमका महिला अनुयायीहरुलाई विदेश पठाइदिने प्रलोभनमा पारेर र त्यसरी पनि नभए धम्की दिएर यौन शोषण गरिरहेको भन्दै ब्यापक आलोचना भएको थियो । 

ओशो तपोवन अरुणकुमार सिंह स्वामी आनन्द अरूण शेरबहादुर देउवा यौन दुर्ब्यवहारको आरोप

विशेष