News

भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री राउतका हरेक कार्यक्रममा कालो झण्डा

भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री राउतका हरेक कार्यक्रममा कालो झण्डा

साईकल खरिदमा भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीविरुद्ध राष्ट्रिय एकता अभियान आक्रामक बन्दै गएको छ । अभियानले वुधवार ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दै राउत विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

अभियानले प्रदेश २ का मुख्यमन्त्री राउत सहभागी कार्यक्रमहरुमा कालो झण्डा देखाएर विरोध गर्ने, विभिन्न संचार माध्यमहरुबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा सामाजिक संजालमा शालिन विरोध गर्ने तथा भ्रष्टाचारका प्रकरणसहित प्रदेश २ मा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध ¥याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

अभियानका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय एकता अभियान, आम नागरिकमा देशप्रेम तथा सांस्कृतिक राष्ट्रियता जागृत गराउँदै एउटा गौरवमय राष्ट्र निर्माण आम नेपालीको अभिभारा बनाउने लक्ष्य लिएर अगाडि बढेको सर्वविदितै छ । यसको साधनको रुपमा सुशासनको पक्षमा वकालत गर्दै, तीन तहका सरकारमध्ये कुनैद्वारा पनि राष्ट्रहित तथा जनहितका बर्खिलाफ कार्य भएको पाएमा यसले गम्भीरतासाथ प्रतिवादको शैली पनि अवलम्बन गर्दै आएको छ । यसै शिलशिलामा प्रदेश २ मा उजागर भइरहेका वहुस्तरीय भ्रष्टाचारका विषयहरुमा ध्यानाकर्षण गर्दै राष्ट्रिय एकता अभियान प्रदेश २ स्तरीय ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दछ ।’

विशेष