News राजनीति

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैनमा संघीयता र लोकतन्त्र धरापमा पर्दैनः सोनल

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैनमा संघीयता र लोकतन्त्र धरापमा पर्दैनः सोनल

प्रदेश–२ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालवावु राउनले राजिनामा दिनु पर्ने वताएका छन् । अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैनमा संघीयता र लोकतन्त्र धरापमा नपर्ने भन्दै उनले मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्ग प्रशस्त गर्नुपर्ने वताए ।

प्रदेशसभाको सातांँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुख्यमनत्रीको गतिविधिका कारण प्रदेशको गरिमामाथि प्रश्न उठेको पनि बताए। ‘साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ। सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनु पर्छ । मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।’

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको छापाले संघीयतामाथि कुनै खतरा नहुने बताए । ‘संघीयता लौकाको कोपिला होइन, मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरी आधारमा अख्तियारले छापामारीले संघीयता गुम्दैन’– उनले भने।

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयले साइकल खरिद बारेको जानकारी दिएकोमा धन्यवाद दिँदै संसदीय समितिले पटक–पटक साइकल खरिदको कागजात माग्दा नदिनुको कारण मुख्यमन्त्रीले प्रस्ट पार्नुपर्ने बताए । ‘मुख्यमन्त्रीको निरीहतामाथि प्रश्न उठेको छ,’ सोनलले भने, ‘कार्यालयको गतिविधि जानकारी नहुनु, मन्त्रालयको विवाद अदालतमा जानु दुर्भाग्य हो ।’

अनुसन्धानका लागि मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर गएपछि अख्तियारविरुद्ध प्रदर्शन गर्नुको तुक नभएको पनि उनको भनाइ थियो । प्रदेश सरकारले छोरी बिमा कार्यक्रम ल्याएर डंका बजाएर प्रदेशमा लाखपति छोरी जन्मिने घोषणा गरे पनि व्यवहारमा लागू नभएको सोनलको टिप्पणी थियो । 
 

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश–२ जितेन्द्र सोनल

विशेष