News राजनीति

दुई प्रदेशको मुख्यमन्त्री लिएर माधवले भागवण्डामा चित्त वुझाए

दुई प्रदेशको मुख्यमन्त्री लिएर माधवले भागवण्डामा चित्त वुझाए

मन्त्रालय भागवण्डामा असहमति जनाएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दुई प्रदेशका मुख्यमन्त्री लिएर सन्तोष गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश–१ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो। दुवै प्रदेशमा गठवन्धनकातर्फवाट सरकारको नेतृत्व नेकपा एसले गर्ने पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि वागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दावी गरेको थियो । कांग्रेस सभापति शेरवहादुुर देउवाले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्ना विश्वास पात्र इन्द्र बानियालाई अघि सारेका थिए।

वाग्मती प्रदेश संसदीय दलका नेता बाँनीया कुनै पनि हालतमा मुख्यमन्त्री नछोड्ने अडानमा थिए। देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहेका थिए। तर, नेता नेपालले संघीय सरकारमा मन्त्रालय संख्या कम भएको भन्दै असन्तुष्टी जनाएपछि प्रदेशतर्फवाट मिलाईएको जनाईएको छ।

नेकपा एसबाट प्रदेश–१ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ । असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

हाल प्रदेश–१ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ। तर, दुवै प्रदेशमा विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ । 

यो पनि

मन्त्रालय भागवण्डामा अझै रडाको, चुनावसम्म टिक्ला त गठवन्धन ?

वाग्मतीमा देउवा र नेपालको हानाथाप: वानियाँ र पाण्डे मुख्यमन्त्रीको लाईनमा

माधवकुमार नेपाल

विशेष