News राजनीति

मन्त्रिपरिषद विस्तार भोली ११ वजे, सपथ ग्रहण अपरान्ह ४ वजे

मन्त्रिपरिषद विस्तार भोली ११ वजे, सपथ ग्रहण अपरान्ह ४ वजे

सत्ता गठबन्धनका शीर्ष नेताहरुले विहिवार वसेको तीन घण्टा लामो छलफलपछि शुक्रवार मन्त्रिपरिषद विस्तार हुने भएको छ। प्रधानमन्त्री भएको ८९ दिनपछि शेरवहादुर देउवाले मन्त्रिपरिषदलाई पुर्णता दिन लागेका हुन ।

वालुवाटारमा वसेको गठवन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तारको वाटो खुलेको हो । 

वैठकले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् । माओवादी, एकिकृत समाजवादी र जसपाले एक÷एक वटा राज्यमन्त्री पनि पाउने छन् ।

सहमति अनुसार शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र अपरान्ह ४ बजे शपथ गराउने गरी तयारी भएको छ। मन्त्रालय वाँडफाँडमा असन्तुष्टी जनाउँदै आएको नेकपा एकिकृत समाजवादीले दुई मुख्यमन्त्री र दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने भएको छ। एकिकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ । उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय राखेको छ भने नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । 

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण मन्त्रालय पाउने भएको छ ।
 

मन्त्रिपरिषद सत्ता गठबन्धन

विशेष