News

तपोवनमा महिलाहरु किन असुरक्षित छन?

तपोवनमा महिलाहरु किन असुरक्षित छन?

ओशो रजनिशका चेलामध्ये एक ओशो सन्यासी स्वामी आनन्द अरुण ओशो तपोवनका संस्थापक हुन् । उनले देश/विदेशमा गरेर १ सय भन्दा वढि शाखा विस्तार गरेका छन् । ओशोको दर्शनमा आधारित योग, ध्यान जस्ता आध्यामिक कार्यक्रमहरुलाई विश्वाव्यापी गरिरहेकास्वामी आनन्द अरुण वेला वेलामा चर्चामा आउँछन् ।

उनलाई वेला–वेला यौन दुर्ब्यवहारको आरोप लाग्छ। आनन्द अरुणलाई केही समय अगाडि आश्रममा यौन शोषणदेखि चाकरी गराएको आरोप लाग्यो। उनीमाथि वाहिरी मान्छे लगाउने आरोप र उडन्ते कुरा मात्र होईन, उनकै अनुयायी भएर वर्सौ सेवा गरेकाहरुले नै आरोप लगाउने गरेका छन् ।

आनन्द अरुले आफना अनुयायी मात्र होईन अनुयायी/सन्यासीका छोरीहरु माथि पनि गिद्दे दृष्टि राख्ने गरेको आरोप लाग्छ। उनले आश्रमका महिला अनुयायीहरुलाई विदेश पठाइदिने प्रलोभनमा र धम्की दिएरपनि यौन शोषण गर्ने गरेको चर्चा सामान्य वन्न थालेको छ। 

स्रोतका अनुसार स्वामी स्त्रीहरुसँग आवश्यक्ता भन्दा वढि नै नजिक हुने गर्छन। स्त्रीहरुसँग विशेष सम्बन्ध हुन्छ, उनको। आनन्द अरुणकी अहिलेको श्रीमती पनि उनको दोस्रो श्रीमती हुन। उनको यही कृयाकलापको विरोध गर्ने क्रममा एक जना ओशो सन्यासी प्रहरी हिरासतमा पनि पुगे। 

स्वामीलाई मन परेका महिला अनुयायीहरुलाई विशेष स्नेह र नजिकपन देखाउने गर्छन । बिदेश भ्रमण, पैसालगायत अनेकथरी प्रलोभन देखाउँछन। त्यही प्रलोभनमा परेर स्वामी प्रती महिलाहरूको अत्याधिक आकर्षण देखिने गरेको वताईन्छ। त्यसमाथि आस्था र विस्वासकै कारण स्वामीको सरणमा पुगेका अनुयायीहरुलाई मोक्ष प्राप्त गराईदिने ग्यारेन्टीसम्म दिने हुँदा उनीहरु आफनो सतित्वसम्म सुम्पन तयार हुने गरेको स्रोतको दावी छ।

केही बर्ष अगाडि महिला अनुयायीलाई मालिस गर्न लगाएको तस्बिरले निकै ठुलो बिबाद श्रृजना गरेको थियो। स्वामीले बिशेस स्नेह दिने महिलाहरुलाई गुरुप्रसाद प्राप्त गरेको रुपमा ब्याख्या गरिन्छ। यस्ता गुरु प्रसाद पाउने महिलाहरुको तपोबनमा चमक धमक र फुर्ती फार्ती बेग्लै हुन्छ। स्वामीवाट गुरुप्रसाद महिलाले मात्रै पाउँने गर्छन। पुरुषले नपाउने र महिलाले मात्रै पाउने चिज के होला? यो विषयलाई धेरैले यौनसँग जोडेर हेर्ने गरेका छन् । एक जना महिला सन्यासी अन्शु कबिराले नेपाल आजसँग एक अन्तरबार्तामा ‘के स्वामी आनन्द अरुणको शुक्रकिट पनि प्रसाद हुने ?’ भन्दै प्रश्न गरेकी थिईन। त्यसपछि शुक्रकिट र जुठो खानेकुरा प्रसादको रुपमा बाँढिन्छ भनेर सम्भबतः झुटो हल्ला चलेको थियो ।

अब प्रश्ब उठ्छ, पुरुषले नपाउने महिलाले मात्रै पाउने गुरुप्रसाद के हो? कतै यौन सम्बन्ध त हैन? यदि यस्तो हो भने गुरु प्रसाद पाउने महिलाले मोक्ष पाउँछन् त? तपोबनको रहस्य यहि हो? कतिपय गुरुप्रसाद पाउने एक महिलाले मोक्ष पनि प्राप्त नगरेको र ठगिएको महसुस गरेर आक्रोशित हुँदै स्वामी र तपोबनसँग सम्बन्ध तोडेकी थिईन। ।सुन्दर ती महिला पत्रकार समेत हुन।

स्वामी आनन्द अरुणकै भनाई मान्ने हो भने पनि यौनको विषयलाई सामान्य रुपमा लिने गरिन्छ। केही समयअघि उनले अन्तर्वार्ताका क्रममा भनेका छन्– गाईवस्तु, चराचुरुङ्गी बाँदर कहीँ पनि सेक्सको समस्या छैन । मनुस्यमा मात्रै किन छ भने सेक्सलाई हामीले प्राकृतिक रुपमा स्वीकार गरिराखेको छैनौँ । सेक्स प्राकृतिक कुरा भएको हुँदा यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने ओशोको भनाइ छ । 

यो पनि

यौन दुर्ब्यवहारको आरोप लागेका स्वामी आनन्द अरुणले भेटे देउवालाई

स्वामी आनन्द अरुण ओशो तपोवन अरुणकुमार सिंह यौन दुर्ब्यवहारको आरोप

विशेष