News

'मेघा श्री'को तस्करीमा राजश्व अनुशन्धानसम्म सेटिङ्ग

'मेघा श्री'को तस्करीमा राजश्व अनुशन्धानसम्म सेटिङ्ग

मापदण्ड विपरित र गुणस्तरहिन गुट्खा उत्पादन गर्दै आएको कैलालीको लम्की चुहास्थित देउती गुट्खा इण्डस्ट्रिजद्वारा उत्पादित ‘मेघा श्री’ गुट्खा विक्रिवितरण पनि अनाधिकृत रुपमा हुने गरेको पाईएको छ। 

कम्पनीले भन्सार शुल्क छलेर गुट्खा भारत तस्करी गर्ने गरेको छ। केही समय अघि भारत तस्करी हुँदै गरेको एक गाडि सामान पक्राउ परेको थियो । तर, उक्त सामान जरिवाना वुझाएर मुद्दा नै नचलाई छुटाईएको पाईएको छ।

राजश्व अनुसन्धान विभागमा महानिर्देशक दिर्घराज मैनाली हुँदा तत्कालिन उपसचिव रामप्रसाद रेग्मीले मुद्दा नचलाउने गरी उक्त सामान छुटाउँने सेटिङ्ग मिलाई दिएका थिए । कम्पनीका मालिक यज्ञप्रसाद ओलीले २५ लाख रुपैयाँ तिरेर सामान छुटाएको श्रोत वताउँछ।

मुद्दा नचलाउने सर्तमा जरिवाना मात्रै तिर्न सेटिङ्ग मिलाउने उपसचिव रेग्मी ओलीकै मान्छे भएको श्रोतको दावी छ। ‘२५ लाख तिरेर सामान छुट्ने अवस्था थिएन’ श्रोत भन्छ–‘तर, आफनै मान्छे परिचालन गरेर उनले त्यतिमा कुरा मिलाए ।’
 

यो पनि

भन्सार छलेर ‘मेघा श्री’ गुट्खा भारत तस्करी, प्रहरी/प्रशासनको भुमिका पनि शंकास्पद

भारत तस्करी सुर्तिजन्य पदार्थ कैलालीको लम्की चुहा देउती गुट्खा इन्डस्ट्रीज मेघा श्री

विशेष