News

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले आत्महत्या गरेको आशंका

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले आत्महत्या गरेको आशंका

निर्माणाधिन घरको चौथो तलावाट लडेर नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी निधन भएको छ।

काठमाडौंको चाबहिलस्थित बुलबुलेमा निर्माणाधीन ८ तले घरको चौथो तलाबाट खसेर चतुर्वेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त गौशालाले टाउको पछाडि चोट लागेको र मृत अवस्थामा उनलाई फेला पारेको छ ।
उनको मोबाइल फोन निर्माणाधीन घरको चौथो तलामा भेटिएको छ। प्रहरी स्रोतका अनुसार भने चतुर्वेदी सो निर्माणाधीन घरभित्र प्रवेश गरेको र खसेको दृश्य नजिकै रहेको सीसीटीभीमा समेत कैद भएको छ । सो सीसीटीभी फुटेजको प्रारम्भिक अध्ययनअनुसार उनले आत्महत्या गरेको हुनसक्ने देखिन्छ ।

पारिवारिका स्रोतका अनुसार चतुर्वेदी केही समयदेखि डिप्रेसनमा समेत रहेका थिए । 
 

विशेष