News अपराध सुरक्षा

प्रधानाध्यापक र शिक्षकको गोली हानी हत्या

प्रधानाध्यापक र शिक्षकको गोली हानी हत्या

भारतको कश्मीरमा एक सरकारी विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरिएको छ। भएको छ ।

गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएपनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतंकवादी आक्रमण भएको बताएको छ । पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी  भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको प्रहरीले जनाएको छ।

यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो । यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको प्रहरीको बुझाइ छ ।

पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । 
 

विशेष