News अर्थ अपराध सुरक्षा

गुट्खा तस्करी गरेर दैनिक २५ लाख कमाई, अन्तशुल्कमा वैमानी

गुट्खा तस्करी गरेर दैनिक २५ लाख कमाई, अन्तशुल्कमा वैमानी

कैलालीको लम्की चुहास्थित देउती गुट्खा इन्डस्ट्रीजले खुलामखुल्ला राजश्व छली गरेको पाईएको छ। देउतीले उत्पादन गर्ने ‘मेघा श्री’ नामको गुट्खा अन्तशुल्क विना नै विक्रि वितरण गर्ने गरिएको छ।

मापदण्ड विपरित र गुणस्तरहिन गुट्खा उत्पादन गर्दै आएको देउतीले अधिकांश उत्पादन प्रायः बाँके बर्दिया र कैलालीको ग्रामिण क्षेत्र तथा भन्सार छली गरी भारतीय वजार पठाउने गरिएको छ। ठुला शहर र राज्यको उपस्थिती हुने ठाउँमा अन्तशुल्क स्टिरसहितको सामान विक्रि वितरण गर्ने र राज्य संयन्त्रको उपस्थिती कम भएको ठाउँमा स्टिकर विनानै सामान विक्रि गर्ने गरेको स्रोतको दावी छ।

सदरमुकामसहित ठूला शहर बाहेक ग्रामिण भेग तथा पहाडी र हिमाली क्षेत्रमा विक्री गरिने वस्तुमा अन्तशुल्क स्टिकर प्रयोग नभएको स्रोत वताउँछ। उद्योगले दिनमै लाखौ रुपैयाँको कारोवार गर्ने गरेको छ। जानकारहरुका अनुसार प्रतिकेजी गुट्खामा उद्योगले ८६२ रुपैयाँ अन्तशुल्क वुझाउनु पर्ने कानुनी ब्यवस्था छ। तर, दैनिक २५ लाख भन्दा वढिको कारोवार गर्ने देउतीले नाम मात्रको कर तिर्ने गरेको जानकारहरुको भनाई छ । 

सरकारलाई कर वुझाउनै नपरेपछि उत्पादन लागत कम र भारत निकासीमा भन्सार छली गर्ने गरेका कारण उद्योगका मालिक यज्ञप्रसाद ओली ‘दिन दुई गुणा, रातमा चार गुणा’ प्रगति गरिरहेका छन् । गुट्खाको आम्दानीवाटै उनले नेपालगञ्जमा ३ सय करोडभन्दा वढिको प्याकेजिङ्ग उद्योग सञ्चालन गरेका छन् । यसवाहेक पनि ओलीको रजगज पत्याई नसक्नु रहेको उनलाई चिनेजानेकाहरु नै वताउँछन् ।

हुन त देउतीको ब्यापार÷ब्यवसायमा स्थानीय प्रहरी÷प्रशासन, आन्तरिक राजश्व कार्यालय र राजश्व अनुसन्धान विभागसम्म सेटिङ छ।  केही समयअघि भन्सार छलेर भारत तस्करी हुँदै गरेको एक गाडि मेघा श्री गुट्खा पक्राउ परेको थियो । तर, उक्त सामान जरिवाना वुझाएर मुद्दा नै नचलाई छुटाईएको थियो।

राजश्व अनुसन्धान विभागमा महानिर्देशक दिर्घराज मैनाली हुँदा तत्कालिन उपसचिव रामप्रसाद रेग्मीले मुद्दा नचलाउने गरी उक्त सामान छुटाउँने सेटिङ्ग मिलाई दिएका थिए । कम्पनीका मालिक यज्ञप्रसाद ओलीले २५ लाख रुपैयाँ तिरेर सामान छुटाएको श्रोत वताउँछ।

मुद्दा नचलाउने सर्तमा जरिवाना मात्रै तिर्न सेटिङ्ग मिलाउने उपसचिव रेग्मी ओलीकै मान्छे भएको श्रोतको दावी छ। ‘२५ लाख तिरेर सामान छुट्ने अवस्था थिएन’ श्रोत भन्छ–‘तर, आफनै मान्छे परिचालन गरेर उनले त्यतिमा कुरा मिलाए ।’ उक्त सामानमा अन्तशुल्कको समेत कुरा जोडिएपनि मुद्दा नै नचलाई छुटाएपछि सवै आश्चर्यमा परेका थिए ।

उद्योगले बाँके, बर्दिया र कैलालीको राज्य संयन्त्र पालेको स्थानीय जानकारहरु वताउँछन् । उनी आफै पनि प्रहरी÷प्रशासनसँग डराउनु पर्ने अवस्था छैन, डराएर ब्यापार पनि नहुने भन्दै हिड्ने गरेका छन् । ओलीले दैनिक करिब २५ लाख रुपैयाँ क्यास कमाउने गरेको वताईन्छ।

गुट्खा उद्योगका मालिक ओलीको ब्यक्तिगत स्वभाव पनि रवाफिलो छ। उनी जुवाका सौखिन छन् । गत वर्ष दशैंमा उनलाई प्रहरीले जुवा खालवाटै पक्राउ गरेको थियो । उनी २१ दिन प्रहरी हिरासतमा वसेर छुटेछ।

ओलीले भने अन्तशुल्क नतिरेको भन्ने विषय गलत भएको दावी गरेका छन् । उनले आफुले सरकारलाई करोडौं राजश्व वुझाउने गरेको वताए । 

कैलालीका सिडिओ खगेन्द्रप्रसाद रिजालले आफुलाई त्यस विषयमा जानकारी नभकाले तुरुन्त जानकारी लिएर आवश्यक कार्वाही अगाडि वढाउने वताए । 

'मेघा श्री'को तस्करीमा राजश्व अनुशन्धानसम्म सेटिङ्ग

भन्सार छलेर ‘मेघा श्री’ गुट्खा भारत तस्करी, प्रहरी/प्रशासनको भुमिका पनि शंकास्पद

भारत तस्करी सुर्तिजन्य पदार्थ कैलालीको लम्की चुहा देउती गुट्खा इन्डस्ट्रीज मेघा श्री

विशेष