News अपराध सुरक्षा

दाहसंस्कार गर्दै गरेको शव प्रहरीले नियन्त्रणमा लिएपछि... 

दाहसंस्कार गर्दै गरेको शव प्रहरीले नियन्त्रणमा लिएपछि... 

वीरगन्जमा दाहसंस्कार गर्न लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय किशोरीको दाहसंस्कार भईरहेको थियो। वलात्कारका कारण अत्याधिक राक्तश्राव भई किशोरीको मृत्यु भएको र शव गाड्न लागिएको सुचनाका आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

प्रहरीले १४ वर्षिया किशोरीको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी ती किशोरी जगरनाथपुर गाउँपालिका आफन्तको घरमा आएकी थिईन । 

उनी जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँको कान्छा छोराकी साली हुन् । प्रहरीले वीरगन्जको मुर्लीस्थित घरमा युवतीको शव राखिएको भन्ने प्रारम्भिक सुचना पाएको थियो । तर, प्रहरी पुग्दा घरमा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा खटिएको प्रहरीले दाहसंस्कार गर्दैगर्दा शव नियन्त्रणमा लिएको थियो ।

कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्षाका एसपी बेलबहादुर पाण्डेले जनाए । प्रहरीले अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिएको छ । युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ । 
 

विशेष