News

राष्ट्रपतिसँग भेटेर पनि देउवाले मन्त्रीको सूचि दिएनन्

राष्ट्रपतिसँग भेटेर पनि देउवाले मन्त्रीको सूचि दिएनन्

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान शीतल निवास पुगेका थिए। 

भेटवार्तामा मन्त्री मण्डल विस्तारका विषयमा छलफल भएको थियो। उनले राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल गरेका थिए। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि भेटमा देउवाले मन्त्रीहरुको सूची बुझाएनन्। सत्ता गठबन्धनमा आवद्ध सबै दलले मन्त्रीको नाम दिए प्रधानमन्त्री देउवा शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन्।

शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्। देउवा असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका थिए।

विशेष