News राजनीति

संसदमा एमाले सांसदको नारा– कालो धन चाहिँदैन, देश वेच्न पाईदैन

संसदमा एमाले सांसदको नारा– कालो धन चाहिँदैन, देश वेच्न पाईदैन

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन्। सभामुख सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरु आशनबाट उठेर वेल घेराउ गर्न पुगेका छन्। 

सभामुख सापकोटाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न र बोल्न नपाउने भन्दै एमाले सांसदहरुलाई सचेत गराए।

तर एमाले एमाले सांसदहरुले यथास्थितिमा संसद चल्न नदिने अडान राखेका छन्। 

एमाले सांसदहरुले ’पार्टी फुटाउने मुर्दावाद’, ’गैर सांसदलाई प्रवेश निषेध गर’, ’कालो धन चाहिँदैन, देश बेच्न पाइँदैन’, ’संवैधानिक सर्वोच्चता कायम गर’, ’संसदीय मर्यादा कायम गर’ र ’यथास्थितिमा संसद चल्न सक्दैन’ जस्ता नारा लगाइरहेका छन्। 

विशेष