News राजनीति

मन्त्री नपाए पार्टी छोड्ने धम्की दिएका चौधरी लिष्टवाट आउट !

मन्त्री नपाए पार्टी छोड्ने धम्की दिएका चौधरी लिष्टवाट आउट !

नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने दौडमा रहेका मेटमणी चौधरी अन्ततः मन्त्रीको सूचीबाट बाहिरिएको संकेत मिलेको छ। आफु मन्त्रीको सूचिवाट आउट भएको संकेत उनी स्वयम्ले गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसवुकमा लामो स्ट्याटस लेख्दै उनले आफु मन्त्री नवन्ने संकेत गरेका हुन । मन्त्रालयको संख्या कम हुनु र अन्य नेताहरुलाई प्राथमिकतामा राखेपछि उनको नाम अन्तिम समयमा काटिएको वताईन्छ।

उनले फेसवुकमा लेखेका छन्– को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य बिषय होइन । मुख्य बिषय प्रणाली जोगिएको छ । संबैधानिक सर्बोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो – प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ। तर दिर्घकालिन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रबेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुरो – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाही त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो । 

हामी कठिन मोडमा छौ । यो घडिमा सबैमा धैर्यधारणको जरूरी छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरी छैन । पार्टिलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरी छ । पार्टी साइजमा नआँउदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन । नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौ । यो बिचमा म प्रति धेरै साथिहरूले साहनुभुति राख्नु भएको महसुस मैले गरेको छु । सबै माहनुभाबहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगमि दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु  । अन्तमा– मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननिय ज्युहरूको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछु ।

स्मरण रहोस यसअघि सांसद चौधरीले मन्त्री नपाए पार्टी छोड्ने सम्मको धम्की दिएका थिए । १३ भदौमा वसेको एकीकृत समाजवादी संसदीय दलको बैठकमा चौधरीले यसरी धम्की दिएका थिए । 

पार्टी फुट्नु अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचकका रूपमा चिनिएका युवा सांसद चौधरी आफूले मन्त्री पाउनैपर्ने अडान राखेका थिए। उनीसँगै मन्त्रीका लागि तत्कालीन ओली समूह छाडेका प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान)ले मन्त्री नपाएर साथ छोड्नेसम्मको धम्की दिएका थिए । 

यो पनि
एकीकृत समाजवादीमा सुरु भयो ‘मन्त्री म्याराथन’, मन्त्री नपाए पार्टी छोड्ने धम्की

मेटमणी चौधरी

विशेष