News

सीमापार रेल सञ्जाल बारे नेपाल– भारत संयुक्त कार्यदलको बैठकका सकियो

सीमापार रेल सञ्जाल बारे नेपाल– भारत संयुक्त कार्यदलको बैठकका सकियो

सीमापार रेल सञ्जाल बारे नेपाल– भारत संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ।

०७८ आश्विन २० देखि २१ सम्म चलेको बैठकमा हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा भएको छ।

वैठकमा जयनगर– कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्न दुवै पक्षले स्ट्याण्डर्ड अप्रेटिङ्ग प्रोसिडर्स तथा रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्ट्याण्डर्ड अप्रेटिङ्ग प्रोसिडर्सले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा संचालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेल सेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्नेछ । प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने छ । 

वैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे छलफल भएको छ। हालै निर्माण सम्पन्न भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमि खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्नका लागि गरिएको प्रविधिक पूर्व तयारीबारे पनि बैठकमा समीक्षा भयो ।

रेलमार्ग अन्तर्गतको १७ दशमलव २५ किमि कुर्था–बिजलापुर खण्डको निर्माण शिघ्र सम्पन्न गर्न नेपालले आवश्यक सहयोग एवम् सहजीकरण गर्ने जनाएको छ। १८ दशमलव ६ किमि जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै संचालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको छ। 

रक्सौल–काठमाडौं ब्रोड गेज रेलमार्ग र फेज–२ रेल सञ्जाल अन्र्तगतका परियोजनामा भएका प्रगतिबारे पनि छलफल भयो । रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एवम् प्रशिक्षणका क्षेत्रमा प्राविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुवै पक्षबीच सहमति भएको जनाईएको छ ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारतिय रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालय डिपिए ३ का सह–सचिव श्री अनुराग भुषणले गरेका थिए । दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव श्री केशव कुमार शर्माले गरेका थिए । 

सीमापार रेल सञ्जाल नेपाल– भारत संयुक्त कार्यदलको पाँचौं बैठक

विशेष