News विदेश

पाकिस्तानी दुई मन्त्रीले पनि भ्रष्टाचार गरेर विदेशमा लगानी गरेको खुलासा, कारबाही गर्ने प्रधानमन्त्री खानको चेतावनी 

पाकिस्तानी दुई मन्त्रीले पनि भ्रष्टाचार गरेर विदेशमा लगानी गरेको खुलासा, कारबाही गर्ने प्रधानमन्त्री खानको चेतावनी 

इस्लामावाद । प्यान्डोरा पेपर्सले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको क्याबिनेटका दुई मन्त्रीहरुले पनि भ्रष्टाचार गरेको पैसा करी छली गर्दै विदेशमा लगानी गरेको पाइएको छ। 

आइतबार सार्वजनिक प्यान्डोरा पेपर्सले विश्‍वका विभिन्‍न कम्पनीमा सम्पत्ति लुकाउने र विदेशमा आफ्नो धन लुकाउने व्यक्तिहरुको नाम र सम्पत्तिबारे खुलासा गरेको छ। 

पाकिस्तानी सञ्‍चारमाध्यमहरुका अनुसार करिब ७०० पाकिस्तानीहरुको नाम उक्त पेपर्समा उल्लेख गरिएको छ। जसमा दुई पाकिस्तानी मन्त्रीहरुको नाम छ। 

जसमा पाकिस्तानी वित्तमन्त्री सौकत तारिन र उनका परिवारका चार सदस्यहरुको नाम उल्लेख छ। त्यसैगरि जल संसाधनमन्त्री चौधरी मुनिष इलाहीको पनि नाम उल्लेख गरिएको छ। उनीहरुको कर छली गरी विदेशमा लगानी गरेको पाइएको हो। तर, इलाहीले भने उक्त आरोपको खण्डन गर्दै खारेज गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन्। उनले सरकारले कर छली गरी सम्पत्ति मुलुकबाहिर लुकाउने व्यक्तिहरुमाथि अनुसन्धान गरिने बताएका हुन्। 
 
प्यान्डोरा पेपर्स लिकलाई इतिहासकै सबैभन्दा ठूलो वित्तिय लिक भनिएको छ। उनले अनुसन्धानका क्रममा कोही दोषीफ ठहर भएको अवस्थामा कारबाही गर्नेसमेत बताएका छन्। खोज पत्रकारिकताको अन्तर्राष्ट्रिय संगठन ९आईसीआईजे० ले करिब १२ मिलियन फाइलहरुको खुलासा गरेको हो। करिब १४० मिडियाहरुसँगको सहकार्यमा उक्त कुरा खुलासा गरेको हो। 

प्यान्डोरा पेपर्समा नाम भएका पाकिस्तानी मन्त्रीले राजनीतिक बदलाका लागि यस्तो गलत हल्ला गरिएको बताएका छन्। प्रधानमन्त्री खानले उक्त पेपरको खुलासालाई स्वागत गर्दै अनुसन्धान गरिने बताएका हुन्। 

अब प्रधानमन्त्री खानले आफ्नै क्याबिनेटका मन्त्रीलाई कस्तो कारबाही गर्छन भन्ने विपक्षीहरु कुरेर बसेका छन्। विपक्षी दलहरुले प्रधानमन्त्री खानले तत्काल दुई मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने र जेल पठाउनुपर्ने माग गरेका छन्। 

विशेष