News

न्याय माग्दै पैदल आएको टोलीसँग सरकारको वार्ता

न्याय माग्दै पैदल आएको टोलीसँग सरकारको वार्ता

नेपालगञ्जवाट पैदल यात्रा गरी काठमाण्डौं आई पुगेको महिला नेतृत्वको टोलीसँग सरकारले वर्ता गरेको छ। घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै टोली काठमाडौं आएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले आफूले नेपालगञ्जबाट आएको टोलीसँग वार्ता गरेको बताए । तर वार्तामा विषयमा पीडित पक्षले कुनै प्रतिक्रिया दिएका छैनन् । पोखरेलले भने उनीहरु चित्त बुझाएर गएको बताएका छन् । 

पोखरेलले उनीहरुले राखेको माग पूरा गर्ने आश्वासन दिएको बताए । ‘हामी तपाईंको मागप्रति पोजेटिभ छौं भनेपछि हाम्रा साथीहरुलाई सम्झाउछौं भनेर जानुभएको छ’–उनले भने ।

घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवी हत्याका दोषी तथा विधवा महिला निर्मला कुर्मीका हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्नुुपर्ने, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्नुपर्ने माग गर्दै पीडित पक्षको एक टोली नेपालगञ्जदेखि काठमाडौं आएको थियो ।

शुक्रबार काठमाडौं आएका उनीहरु माइतीघरमा धर्नामा बसेका छन्  धर्नास्थलबाटै शुक्रवार साँझ प्रहरीले रुबी खातुनलाई पक्राउ गरेको थियो । गृहका प्रवक्ता पोखरेलले उनलाई नेपालगञ्ज नै पठाइएको बताए । उनको नाममा जिल्ला अदालतले जारी गरेको वारेन्ट रहेको पाईएपछि नेपालगञ्ज नै पठाईएको पोखरेलले वताए । 
 

२० दिन पैदल हिंसा पीडित महिला

विशेष