News राजनीति

ओलीलाई राजनीतिको रिङबाट वाहिर पुर्याउने प्रचण्डको चेतावनी

ओलीलाई राजनीतिको रिङबाट वाहिर पुर्याउने प्रचण्डको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै चलखेल गरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिवाटै वाहिर पुर्याउने चेतावनी दिएका छन् ।

शनिवार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका पुगेका प्रचण्डले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण ओली बालुवाटारबाट बालकोट पुगेको दावी गरे । ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याइएको हो’ उनले भने–‘अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’

ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुमेको र २÷४ दिनमै बागमती र प्रदेश १ बाट पनि बाहिरिने उनले ठोकुवा गरे ।

हिन्दी भाषमा भाषण गरेका उनले मधेसी जनता मेरा प्रेमिका भएको वताए । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष