News विदेश

कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा १ सय जनाको मृत्यु

कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा १ सय जनाको मृत्यु

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा डुंगा दुर्घटनामा कम्तीमा १०० जना मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिवार बताएका छन् ।

कंगोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कंगो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् । 

उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमवारदेखि मंगलवार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको  छ भने अन्य  ६० जना अझै बेपत्ता रहेको विश्वास  गरिएको छ । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित छन् ।

यात्रुको यकिन संख्या भने जानकारी छैन । यो संख्या भने डुंगाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । 

यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको डुंगा हो । प्रवक्ताका अनुसार उक्त दुर्घटना रातिको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुन सक्छ । 

पीडितहरूमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरू रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारी रहेको बताएका छन् । 

विशेष