News

२० दिन पैदल हिडेर वोल्नकै लागि राजधानी आएका महिला पक्राउ पर्दा कहाँ छिरे झाँक्रीहरु ?

२० दिन पैदल हिडेर वोल्नकै लागि राजधानी आएका महिला पक्राउ पर्दा कहाँ छिरे झाँक्रीहरु ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिब्यक्ति प्रति सर्वत्र आलोचना भएपछि गत माघमा प्रहरीले तत्कालिन नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गर्दै थियो ।

उनको अभिब्यक्तिको ब्याख्या गर्ने हो भने उनलाई पक्राउ गर्नु सामान्य हो, किनकी उनले प्रधानमन्त्री र राष्ट्रप्रतिलाई गालि गर्ने नाममा नेपाली धर्म, संस्कृति र परम्परामाथि किचड उछाल्ने काम गरेकी थिईन।  उनको अभिब्यक्तिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको चरित्रमाथि धावा वोलेको थियो ।

तत्कालिन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षकी नेतृ झाँक्रीले ०७७ माघ १६ गते गोरखाको सिरानचोकमा आयोजित सभालाई सम्बोधन गर्दै भनेकी थिईन–‘राष्ट्रपतिको कुरा त के गर्ने, बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ, म बडा महारानीलाई गोर्खाबाट संदेश दिन चाहान्छु, निर्वाचनको तयारीको लागि सुख सुविधा छोडेर, शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल की कता बानेश्वर तिर बसाई छ भन्ने सुनेको थिए । होइन भने बालकोट नै गए हुन्छ र नेपालको कुन जिल्लाबाट चुनवा लड्ने त्यसको तयारी गरेर संदेश पठाउनुहोस्, म पनि अलि भारी हुन्छ होला अरुलाई चुनाव लडाउछौं र हराउछौँ ।”

उनले भनिन् –‘यो नेकपा एमालेको ५० सालमा गरेको भुल थियो, यहाँ अन्यथा नहोस्, तमाम दिदिबहिनी हुनुहुन्छ यहाँहरुलाई भन्न खोजेको होइन, मदन भण्डारीको हत्या पछाडी सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत र सांस्कृतिक अभियान गरेको थियो नेकपा एमालेले त्यसको प्रतिउत्पादनको विद्या भण्डारी, आज यो संविधानको चिरहरण गर्ने कारण बनेको छ ।’

झाक्रीको यो भनाईप्रति आपत्ति जनाईदै अखिल नेपाल महिला संघले उजुरी दर्ता गर्यो । तर, उनले भने आफनो अभिब्यक्तिको वचाउ गरिरहिन। आफनो अराजक्तालाई सहि सावित गर्न उनले त्यसलाई अभिब्यक्ति स्वतन्त्रतासँग जोडिन। हुन त कसैको ब्यक्तिगत जिवनमा दाग लगाउनु अभिब्यक्ति स्वतन्त्रता हुनै सक्दैन। तर, उनको यो प्रयास जारी नै थियो । यहि क्रममा उनी २८ माघमा काठमाडौंमा आयोजित विरोध सभामा मुखमा कालो टेप र प्रतिगमन मुर्दावाद लेखिएको कपडा पहिरिएर मञ्चमा पुगिन। मञ्चमा वोल्ने पालो आएपछि मुखको कालो टेप र प्रतिगमन मुर्दावाद लेखिएको कपडा फालेर उनले भनिन–‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन, सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’

त्यसको भोलीपल्ट नै उनलाई प्रहरीले पक्राउ गर्यो । तर, राजनीतिको आवरणले लेपिएकी उनलाई प्रहरीले धेरै दिन राख्न सकेन। उनी रिहा भईन ।

त्यसको करिव ८ महिनापछि २२ असोज ०७८ मा उनै झाँक्री मुलुकको सहरी विकासमन्त्री बनिन्। संयोग पनि कस्तो वन्यो भने अभिब्यक्ति स्वतन्त्रताको ठुलठुला कुरा गर्ने उनै झाँक्रीले राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेको केही समयपछि नै न्यायको लागि नेपालगञ्जवाट २० दिन पैदल हिडेर काठमाण्डौं छिरेका हिंसा पीडित महिला पक्राउ परे । 

माइतिघर मण्डलामा साँझको खाना खाइरहेका महिलालाई प्रहरीले निषेधित क्षेत्रमा बसेको भन्दै पक्राउ गर्यो । 

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका थिए। घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आईपुगेका उनीहरुलाई पक्राउ गर्दा समेत झाँझी वोलेकी छैनन् ।

यो घट्ना लगत्तै मन्त्री झाँक्रीको खोजी भएको छ। आफुलाई पर्दा अभिब्यक्ति स्वतन्त्रता र अधिकारका कुरा गर्ने मन्त्री झाँक्रीले यस्तो संवेदनशिल विषयमा किन नवोलेको ? भन्दै प्रश्न उठ्न थालेको छ। तर, मन्त्री झाँक्रीले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन् । 

२० दिन पैदल हिंसा पीडित महिला

विशेष