News

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष शक्ति पीठको दर्शन नगर्ने, टिका नलगाई दिने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष शक्ति पीठको दर्शन नगर्ने, टिका नलगाई दिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा शक्ति पीठको दशर्न र सर्वसाधारणलाई टिका नलगाउने भएका छन्।

कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्रले महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन गर्ने कार्यक्रम रद्ध भएको उनको निजी सचिवालयले जनाएको छ। यसैगरी विजया दशमीको दिन टिका लगाउने कार्यक्रम नहुनेसचिवालयले जनाएको छ। 

सचिवालयले निकालेको विज्ञप्तिमा कोरोनाका असहजताको स्थितिमा यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने लेखिएको छ। 


 

ज्ञानेन्द्र शाह

विशेष