News राजनीति

देउवालाई कमल थापाको जवाफ– राजालाई गाली होईन, जनतालाई सुशासन दिनोस

देउवालाई कमल थापाको जवाफ– राजालाई गाली होईन, जनतालाई सुशासन दिनोस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘चुनाव लडेर शासन चलाउन’ चुनौती दिने प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालै जवाफ फर्काएका छन् ।

थापाले सामाजिक संजालमार्फत राजाविरुद्ध आक्रोश होइन सुशासन दिन भनेका छन् । प्रधानमन्त्री देउवाले बुधबार गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा प्रजातन्त्र विरुद्ध नलाग्न ज्ञानेन्द्रलाई भनेका थिए ।

त्यसको जवाफ दिदै थापाले ‘राजालाई गालि गरेर राज गर्ने जमाना छैन’ भनेका छन् । ‘प्रम देउवालाई आग्रह’ भन्दै उनले ट्वीटरमा लेखेका छन्–‘राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्। न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार÷सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।’

यो पनि

प्रधानमन्मन्त्री भन्छन्– गणतन्त्र पूर्वराजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले होइन
 

कमल थापा ज्ञानेन्द्र शाह शेरबहादुर देउवा

विशेष