News

एनसेलको प्रायोजनमा प्रधानन्यायाधिश विरुद्ध आन्दोलन !

एनसेलको प्रायोजनमा प्रधानन्यायाधिश विरुद्ध आन्दोलन !

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवराविरुद्ध अहिले एकपछि अर्को आक्रमण भईरहेका छन् । उनी विरुद्ध सहकर्मी न्यायाधिशहरु, पूर्वप्रधानन्यायाधिश समाज, नेपाल वार एसोसिएसन तथा डा. गोविन्द केसी समेत आन्दोलनमा छन् ।

प्रधानन्यायाधिश जबरा विरुद्ध सतहमा जो सुकै भएपनि उनलाई पदच्युत गराउन माफिया र विदेशी शक्ति समेत परिचालित भएको वताईन्छ। 

चोलेन्द्र शमशेररे विगतमा गरेका कतिपय फैसला र अव हुन सक्ने फैसलाका कारण डराएका माफियाको मिलेमतोमा उनलाई च्युत गर्ने प्रयास भईरहेको वताईन्छ। तिनीहरु मध्ये लामो समयदेखि नेपालमा सञ्चालित टेलिकम्युनिकेशन कम्पनी एनसेल प्रकरणलाई पनि लिने गरिएको छ।

सर्वोच्च अदालतले निजी दूरसञ्चार कम्पनी एनसेल विक्रीमा पूँजीगत लाभकर सोही कम्पनी र आजियाटाबाट असुल गराउन परमादेश जारी गरेको थियो। प्रधानन्यायाधीश जबरासहितको बृहत् पूर्ण इजलासले दुवै कम्पनीका नाममा परमादेश जारी गर्दै उठ्न बाँकी पूँजीगत लाभकर नेपाल सरकारलाई बुझाउन भनेको थियो।

झण्डै तीन वर्षअघि महालेखा परीक्षकको कार्यालयले पूँजीगत लाभकर ३५ अर्ब रुपैयाँ तिर्नुपर्ने भनेकोमा त्यसको १३ महिनापछि ठूला करदाता कार्यालयले ६१ अर्ब रुपैयाँ निर्धारण गरेको थियो।

२०७२ साल चैतमा स्वीडेनको टेलिया सोनेराले मलेसियाली आजियाटालाई एनसेलको ८० प्रतिशत शेयर विक्री गरेको थियो। सरकारी निकायले त्यसमा ६१ अर्ब रुपैयाँभन्दा बढी पूँजीगत लाभकर निर्धारण गरे पनि पूर्ण रूपमा लाभकर असुली छलिएको भन्दै महालेखा परीक्षणको कार्यालयले प्रश्न उठाउँदै आएको थियो।

दुई पटक गरी झण्डै साढे २३ अर्ब रुपैयाँ बुझाएको एनसेलले बाँकी रकम विक्रेता टेलियाले बुझाउनुपर्ने तर्क गर्दै आएकोमा टेलियाले विदेशमै कारोबार भएको लगायतका कारण देखाउँदै कर तिर्न लामो समयदेखि आनाकानी गर्दै आएको थियो।

संसदीय समितिका निर्देशन समेत कार्यान्वयन नभएको र त्यतिखेरको सरकार समेत कर मिनाहा गर्न प्रस्ताव लगेको थियो । यसअघि उठ्न बाँकी रहेको भनिएको कर नतिरी लाभांश समेत बाहिर लैजान नपाउने गरी सरकारले लगाएको रोक सर्वोच्च अदालतकै एक अन्तरिम आदेशले निष्किय पारिदिएको थियो।

तर, चोलेन्द्रशमशेरको यो साहसिक निर्णयपछि एनसेल खरिदविक्रीमा गुम्न लागेको झण्डै ६१ अर्ब रुपैयाँ राज्यले पाउने अवस्था वनेको थियो । उक्त प्रकरणपछि रुष्ट भएको एनसेलले अहिले चोलेन्द्र विरुद्ध न्यायाधिश र वकिलहरुलाई प्रयोग गरेर रिस साँध्न खोजेको श्रोतको दावी छ। 

यो पनि

चोलेन्द्रको समर्थनमा नेपाल वारमा तालावन्दी गर्न खोज्ने तीन महिला पक्राउ

भ्रष्टाचारी वकिल र न्यायाधिशलाई कारवाही गर्न माग गर्दै ज्ञापन पत्र

चोलेन्द्रले गरेका यी राम्रा काम, जसले उनी आफै घेरावन्दीमा परे

प्रधानन्यायाधिशले तोके वन्दीप्रत्यक्षीकरण वाहेकका मुद्दामा पनि पेशी

न्यायाधिशलाई चोलेन्द्रका दुई विकल्पः इजलासमा फर्किने वा आन्दोलनमा जाने

‘न्यायालय सुधार गर्ने हो भने सवैभन्दा पहिला प्रचण्डको वारेमा अनुशन्धान गरौं’

चोलेन्द्रसँग सेटिङ्ग नमिलेपछि सर्वोच्चमा आन्दोलन, यस्तो छ नालिवेली

प्यासन वासना होटलमा कोठा भाडा लिएर झगडियासँग न्यायाधिशको वार्गेनिङ्ग

पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठको किड्नी तस्करसँग सेटिङ्ग

सर्वोच्चका श्रीमान श्रेष्ठको आडमा यी महिलाले दिईन पत्रकारलाई ज्यान मार्ने धम्की !

आन्दोलनरत न्यायाधिशले चोलेन्द्र समक्ष घुँडा टेकेः सुरु भयो इजलास

श्रीमान मिरा खड्का दुई पटक जन्मनु भयो की नागरिक्ता दुईटा हुन ?

वरिष्ठ अधिवक्ताको टिप्पणीः रामशाहपथको भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

स्ट्रिङ अप्रशसनका मुद्दा उल्टाउँदै सर्वोच्च अदालत, जसले सजाय भोगे, तिनको के होला ?

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

EXCLUSIVE: न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा (भिडियोसहित)

नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

चोलेन्द्रशमशेर जबरा

विशेष