प्रधानमन्मन्त्री भन्छन्– गणतन्त्र पूर्वराजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले होइन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा गणतन्त्र आउनुमा सवैभन्दा ठुलो श्रेय पूर्वराजा ज्ञानेन्द्रलाई जाने वताएका छन् । गणेशमा स्मृति प्रतिष्ठानले शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले गणतन्त्र ज्ञानेन्द्रले नै ल्याएको वताए ।
‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन। मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो’ उनले भने–‘त्यसकारण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ। यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन।
देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई प्रजातन्त्रविरुद्ध नलाग्न र चुनाव लडेर शासन गर्न चुनौती समेत दिए। पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै उनले शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए।
‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ’’ उनले भने।
उनले जनता भन्दा ठूलो अर्को शक्ति नहुने भन्दै निर्वाचन निस्पक्ष हुनुपर्ने वताए । ‘जिते पनि हारे पनि सहस्र स्वीकार गर्नु हाम्रो कर्तव्य हो, सरकारले जनताप्रति काम गरेन भने अर्को आउँछ’ उनले भने–‘जनताप्रति प्रजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यता तिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु।’
शेरबहादुर देउवा ज्ञानेन्द्र शाह