News

इटहरीका मेयरको अर्को उपद्रो, वैठकमा तनाव वढाएर आफु टाप !

इटहरीका मेयरको अर्को उपद्रो, वैठकमा तनाव वढाएर आफु टाप !

पत्रकारको नाकको डाँडी भाँच्ने अभिब्यक्ति दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिका मेयर एवम् नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले अर्को उपद्रो गरेका छन् ।

इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार आयोजना गरेको पार्टीको वैठकमा तनाव श्रृजना गरेर उनी भने लुसुक्क वैठक स्थलवाट निस्किएका छन् । उनले अध्यक्षता गरिरहेका पार्टी इन्चार्ज धर्म निरौलाको हातवाट माईक खोसेका थिए।। उनको यो उपद्रोपछि वैठक स्थलमा तनाव श्रृजना भएको थियो ।

सुनसरी एमालेमा २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर उग्र विवाद चलिरहेको छ। जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो समयका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद उत्कर्षमा छन् ।

वुधवारको वैठकमा पनि अध्यक्षता गर्ने विषयमा दुई समुहविच विवाद भएपछि पार्टी इन्चार्ज निरौलाले बैठकको अध्यक्षता गरेका थिए। अध्यक्षता गरेर निरौलाले बोल्ने क्रममा चौधरीले माइक खोसे।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेका थिए। चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव उत्पन्न भयो। चौधरीको हातबाट पुन माइक खोस्न कार्यकर्ताहरु मञ्चमै चढेपछि दुई समुह विच थप विवाद भएको थियो ।

माइक खोसेपछि चौधरी भने वैठक वहिस्कार गरेको भन्दै वैठकस्थलवाट हिँडे। उनी हिडेपछि वैठक भने सूचारु भएको थियो । चौधरी त्यस विषयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । 

द्वारिकालाल चौधरी

विशेष