News

श्रीमान मिरा खड्का दुई पटक जन्मनु भयो की नागरिक्ता दुईटा हुन ?

श्रीमान मिरा खड्का दुई पटक जन्मनु भयो की नागरिक्ता दुईटा हुन ?

सर्वोच्च अदालतमा तेस्रो नम्वरको वरियतामा रहेकी न्यायाधिश मिरा खड्का विवादमा परेकी छिन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश दीपककुमार कार्कीपछिको वरियतामा रहेकी खड्का दोहोरो जन्ममितिका कारण विवादमा परेकी हुन ।

उनको दुई वटा जन्ममितिका विषयमा सार्वजनिक समारोहमै प्रश्न उठाईएको छ। गत कार्तिक ११ गते बिहिबार नेपाल वार एसोसिएसनको सभाहलमा नेपाल आजले आयोजना गरेको ‘सवाल जवाफ’ कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले उनको जन्ममितिका विषयमा प्रश्न उठाईन ।

न्याय परिषदका वुलेटिनमै न्यायाधिश खड्काका दुई वटा जन्ममिति उल्लेख भएको उनको भनाई छ। ‘न्यायाधिश मिरा खड्काका दुई वटा जन्म मितिहरु छन् । २०६८ सालको न्यायपरिषदको वुलेटिनमा २०१३/१०/२८ र न्यायपरिषद २०७१ को वुलेटिनमा २०१४/०२/०२ जन्ममिति छ’ कार्यक्रममा सुवेदीले प्रश्न गरिन–‘के एउटै मान्छेको दुई वटा जन्ममिति हुन्छ ? अथवा वहाँ दुई चोटी जन्मिनु भयो ?’ 

सर्वोच्च अदालतको वेवसाईटमा भने न्यायाधिश खड्काको जन्ममिति मइ १५, १९५७ (२०१४ जेठ २ गते) उल्लेख गरिएको छ। 


 

मिरा खड्का

विशेष