आन्दोलनरत न्यायाधिशले चोलेन्द्र समक्ष घुँडा टेकेः सुरु भयो इजलास
सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधिशहरुले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरासँग घुँडा टेकेका छन् ।
प्रधानन्यायाधीश जबराको राजिनामा मागेर इजलाश वहिस्कार गर्दै आएका उनीहरु अन्ततः इजलासमा वसेका छन् । आन्दोलनकारी न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरे।
प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् ।
प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए मंगलबारदेखि सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णय भएको एक न्यायाधीशले बताए । प्रधानन्यायाधिशसँग वार्ता गर्न वनाईएको टोलीका न्यायाधीशहरु सपनामल्ल प्रधान, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मासंग राणाले आफू प्रशासनिक काममात्र हेर्ने, इजलाशमा नबस्ने, गोलाप्रथाबाट पेशी तोक्नेदेखि अरु सबै सुधारका काममा सहयोगी बन्ने र ६ महिनाभित्रै राजीनामा गर्ने बताएपछि आफुहरु काममा फर्किएको उनको दावी छ।
तर, अर्का एक न्यायाधिशले भने उनीहरु घुँडा टेकेर इजलाशमा फर्केको वताए । अहिले तत्काल वन्दि प्रत्यक्षीकरणका मुद्दा हेर्ने भनेपनि विस्तारै वहाँहरुले सवै मुद्दा हेर्ने उनको दावी छ। आईतवार राजधानीमा ‘जनताको करवाट तलव सुविधा लिएका न्यायाधिशहरुलाई घिसारेर इजलासमा लानु पर्छ’ भन्दै आन्दोलन समेत भएको थियो ।
एकातर्फ जबरा डेग नचलेको, आन्दोलन फितलो भएको र अर्कोतर्फ सेवाग्राही, सर्वसाधारण, लगायत कानुन ब्यवसायीहरुको आन्दोलनका कारण दवावमा परेपछि उनीहरु इजलाशमा फर्केको वताईन्छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफनो वहिर्गमनका विषयमा आएका समाचारहरु भ्रामक भएको भन्दै बीबीसीसँग वताएकाले पनि न्यायाधिशहरु वाध्य भएर काममा फर्केको पुष्टि हुने ति न्यायाधिशले पुष्टि गरे । जबराको ‘ग्रेसफुल एक्जिट’ अर्थात् सम्मानजनक बहिर्गमनका बारेमा सार्वजनिक भएका खबरहरू गलत भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालको भनाई छ।
आफ्नो बहिर्गमनबारे प्रधानन्यायाधीश जबरा तयार नरहेको र यसबारे हालसम्म केही नबोलेको दाहालले बीबीसीसँग बताएका छन्।
दाहालले भनेका छन्– ‘न्यायाधीशज्यूहरूले प्रधानन्यायाधीशसँग प्रस्ताव गर्ने भनिएको विषयलाई अन्यथा प्रस्तुत गरिएको हो। उहाँले ‘ग्रेसफुल एक्जिट’खोज्नु भएको होइन र यस विषयमा केही पनि बोल्नु भएको छैन, “ दाहालले भने।
सर्वोच्च अदालत चोलेन्द्रशमशेर जबरा