News विदेश Breaking News मुख्य समाचार

सुडानमा चिनियाँ नागरिक असुरक्षित

सुडानमा चिनियाँ नागरिक असुरक्षित

काठमाडौं । सूडानस्थित चीनिया दूतावासले आफ्ना नागरिकहरूलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ। राजधानी खार्तुममा आयोजना हुने प्रदर्शनहरूको कारण चिनियाँ  नागरिकहरूलाई घरभित्रै बस्न र बिना कारण घर बाहिर नजानलाई भनिएको छ। सुडानमा रहेको चीनबिरोधी भावनालाई मध्येनजर गर्दै प्रदर्शनहरूमा चिनियाँ नागरिक निशानामा पर्न सक्ने आशंकाको आधारमा सो निर्देशन जारी गरिएको बुझिएको छ। 

सूडानको सेनाले प्रधानमन्त्री अबुदल्लाह हमदोकलाई पक्राउ गरेको केही घण्टापछि कामचलाउ सरकारलाई बर्खास्त गरी सत्तामा कब्जा जमाएको थियो। त्यस्को प्रतिकृया स्वरूप हजारौं मानिस उनको  विरोधमा सड़कहरूमा उत्रेर प्रदर्शन थालेका छ्न । सुरक्षा बलहरूले भीड़माथि गोली चलाउदा तीन जना प्रदर्शनकारी मारिएका थिए र 80 जना घाइते भएका थिए।

विशेष