News

चोलेन्द्रलाई किन राजिनामा गराउन चाहान्छन् प्रचण्ड ?

चोलेन्द्रलाई किन राजिनामा गराउन चाहान्छन् प्रचण्ड ?

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अहिले सर्वोच्चमा भईरहेको झगडा भारतीयलाई नागरिक्ता दिलाउन प्रचण्डद्वारा निर्देशित नाटक भएको वताएका छन् ।

चोलेन्द्रशमशेरले नागरिक्ता अध्यादेश विरुद्ध अन्तरिम आदेश दिएपछि उनलाई हटाएर नागरिक्ता ऐन पारित गर्ने षडयन्त्र अन्तर्गत यो सवै रडाको भईरहेको उनको भनाई छ। 

सरकारले ल्याएको अध्यादेशमा चोलेन्द्रशमशेरले अन्तरिम आदेश दिएपछि चुपचाप वसेका पुस्पकमल दाहाल प्रचण्डले अदालतमा वितण्डा सुरु भए लगत्तै ‘अव तुरन्तै नागरिक्ता ऐन पारित हुन्छ’ भन्दै चितवनमा वोलेको कुरा उनले स्मरण गरे ।

प्रचण्डले जनयुद्धमा भारतसँग लिएका वन्दुकको ज्याला वापत भारतियलाई नागरिक्ता दिन लागेको उनको आरोप छ। ‘प्रधानन्यायाधिशलाई यो वितण्डा लगाएर राजिनामा दिन लगाउने, अदालतले अध्यादेश विरुद्ध अन्तरिम आदेश दिएको छ, अनि यी प्रधानन्यायाधिशलाई हटाएपछि अव चै ऐन पारित गरेर भारतियलाई वन्दुकको ज्याला वापत नागरिक्ता दिन्छु भनेर पुस्कमल दाहालले अहिले त्यो सम्झ्या हो’ उनले भने–‘अहिले अदालतको हड्तालमा चै कसैलाई टाउको दुखाई छैन।’
 

चोलेन्द्रशमशेर जबरा

विशेष